वाडा अध्यक्ष विन्देशवर यादवलाई गाेलि प्रहार गरि फरार प्रहरी शम्भु यादवलाई पक्राउ गर्ने साहसी प्रहरी रामबाबु यादव : JCNEPAL MEDIA

मंशिर ०३,२०८२ / जेसी नेपाल संवाददाता

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवमाथि मिति २०८२ कार्तिक २८ गते साँझ ५ बजे भएको गोली प्रहार प्रकरणमा फरार रहेका आरोपी प्रहरी सहायक हवल्दार शम्भु कुमार यादवलाई पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार रामबाबु यादवले धारापानी इलाका अगाडिको नियमित चेकजाँचका क्रममा एक एम्बुलेन्सबाट उनलाई नियन्त्रणमा लिन सफल भएका हुन्। घटना भएको स्थानबाटै फरार रहेका शम्भु कुमार यादवलाई खोजीकार्य चुनौतीपूर्ण रहेको बताइँदै आएको थियो।

स्थानीयवासीहरूका अनुसार, एक प्रहरी सहायक हवल्दारले आफ्नै सहकर्मीलाई पक्राउ गर्नु ठूलो साहस र कर्तव्यनिष्ठाको परिचय हो। गोलीकाण्डपछि तनावमा रहेको क्षेत्र प्रहरीको सक्रियता र छिटो प्रतिक्रिया कारण अहिले सामान्य अवस्थामा फर्किएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार, पक्राउ परेका आरोपीलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। मधेशका जनताबीच अहिले रामबाबु यादवको सतर्कता, इमानदारी र कार्यक्षमताको व्यापक चर्चा भइरहेको छ।

प्रकाशित : मंशिर ०३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA