जनकपुरमा यूपिआर समीक्षा र बालविवाह नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न : JCNEPAL MEDIA

मंशिर १२,२०८२ / जेसी नेपाल संवाददाता

भागचरण यादव

जनकपुरधाम : सार्वभौमिक आवधिक समीक्षा (यूपिआर) अन्तर्गत मानवअधिकार सिफारिसहरूको अवस्थासहित बालविवाह नियन्त्रणसम्बन्धी कानुनी तथा कार्यान्वयन पक्षबारे प्रदेशस्तरीय बहस गर्न जनकपुरधाममा एक विशेष गोष्ठी सम्पन्न भएको छ।

नेपाल इन्डिजिनस वीमेन फेडेरेशन (NIWF), नेपाल दलित महिला अधिकार मञ्च, एशिया दलित राइट्स फोरम (ADRF) तथा नेपाल मुस्लिम महिला कल्याण समाजको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा प्रदेशस्तरीय संरचनामा यूपिआर सिफारिसहरूको प्रगति, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किशोरी साह हुनुहुन्थ्यो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाका नायब उपरीक्षक गणेश बहादुर बम तथा जनकपुरधाम उप–महानगरपालिका–१४ का वाडा अध्यक्ष पुण्यप्रताप यादव अतिथि रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल महिला कल्याण समाजकी अध्यक्ष गुलिस्ता परवीनले गर्नुभएको थियो। गोष्ठीमा बालविवाह रोकथामका लागि आवश्यक कानुनी व्यवस्था, सरकारी संयन्त्रको भूमिका, सामाजिक चुनौती तथा प्रभावकारी कार्यान्वयनका उपायहरूबारे विषयगत प्रस्तुति र खुला संवाद गरिएको थियो। सहभागीहरूले प्रदेश र स्थानीय तह दुवैले जनचेतना, कानुनी कारबाही, संरक्षण संयन्त्र बलियो बनाउने तथा महिला–बालिका अधिकारका मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, महिला समूह, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाहरूले जनाएका छन्। उक्त कार्यक्रम Equality Now को सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रकाशित : मंशिर १२,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA