५७६ मध्ये ३०३ कैदी मात्र फर्किए, २७३ जना अझै फरार : जलेश्वर कारागार JCNEPAL MEDIA

मंशिर १३,२०८२ / जेसी नेपाल संवाददाता

जेन–जीले गरेको आन्दोलनमा जलेश्वर कारागारमा तोडफोडगरी भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्। करागार प्रशासन सुरक्षा व्यवस्थालाई कडाइका साथ निगरानी बढाएका छन ।

कुल ५७६ मध्ये ३०३ जना स्वेच्छाले कारागार फर्किएको जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए । कारागार प्रशासनले भदौ २५ गतेकै दिन सबै फरारलाई आत्मसमर्पण गर्न आह्वान गरेको थियो।

फर्किन नमानेका कैदीबन्दीमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ। यस्तै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनी कार्यवाही हुने बताइएको छ। भागेकामध्ये १३ जना भारतीय नागरिकलाई भारत भाग्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काउन सहयोग गरेको थियो। बाँकी कैदीहरू स्वयं कारागार फर्किएका हुन्।

फरार २७३ जनाको खोजतलासमा प्रशासन सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

प्रकाशित : मंशिर १३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA