एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात : विराटनगर JCNEPAL MEDIA

मंशिर १३,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै गर्दा विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा तीव्र तनाव सिर्जना भएको छ।

जारी मतदानका बीच कार्यकर्ताहरू एकआपसमा झडपमा उत्रिएपछि वातावरण केहीबेर अस्तव्यस्त बनेको हो। तनावको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको खुलेको छ। एमाले नेता पर्शुराम बस्नेतले अपाङ्गता तथा अशक्त व्यक्तिहरूको नाममा एकै व्यक्तिले वारिस बनेर पटक–पटक मतदान गर्न खोजेको गम्भीर आरोप लगाएपछि विवाद चर्किएको हो। सार्वजनिक भिडियो फुटेजमा नेता बस्नेत अत्यन्त आक्रोसित मुद्रामा देखिन्छन्। भिडमा उभिएर उनले सो व्यक्तिलाई “तपाईँ अभिभावक होइन, यसरी भोट हाल्न पाइन्छ?” भन्दै कडा प्रश्न गरेका छन्। उनी झम्टिन खोजेपछि अन्य कार्यकर्ता तथा सुरक्षाकर्मीले उनलाई रोक्न निकै कठिन परिरहेको दृश्य देखिन्छ। केही कार्यकर्ताले उनलाई धकेलेको पनि भिडियोमा देखिन्छ। त्यहीबेला पछाडि उभिएकी एक महिला कार्यकर्ता भने चिन्तित स्वरमा “आफू–आफू लडाइँ गरेर मर्ने भए” भन्दै स्थिति असामान्य बन्दै गएको संकेत गर्छिन्।

भिडमा चलिरहेको ठेलमठेल, आरोप–प्रत्यारोप र हातहालाहालले एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी फेरि सतहमा आएको देखिएको छ। अशक्त तथा वृद्धवृद्धाका नाममा अनधिकृत व्यक्तिले भोट हाल्न खोजेको विवाद उग्र बनेपछि केही समयका लागि मतदान प्रक्रिया नै रोकिएको थियो। परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको भूमिका बढेपछि मात्र मतदान पुनः सुचारु भएको बताइएको छ।

प्रकाशित : मंशिर १३,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA