राेशनी झाकाे मृत्यु संकास्पद, सुक्ष्म जाँच हने धनुषा प्रहरी प्रमुखको भनाइ : JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : राेशनी झाकाे मृत्यु संकास्पद रहेको बुझिएको छ । यस घटनालाई विज्ञयकाे टाेलिलाई जिम्मा दिएर सुक्ष्म जाँच गराउने धनुषा प्रहरी प्रमुख एसपी रुगम बहादुर कुवरकाे भनाइ रहेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ कि रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको पिडीत परिवारले न्यायको लागि गुहार गरेको छ ।

विहीवार राति रोशनी झा भर्‍याँगबाट खसेको भनी उनको माइतमा जानकारी दिनेहरुले लगत्तै फाँसी लागेको बताए पछि शंका लागेर कुरो बाहिर आएको थियो । यता धनुषाका एसपी रुगम बहादुर कुवरद्वारा घटनास्थलको निरिक्षण र प्रहरीको प्रारम्भिक अनुसन्धानले यो आत्महत्या होइन भन्ने प्रहरीलाई शंका लागेको बताइएको छ । हत्याका आरोपीहरुले पटक-पटक अभिव्यक्ति परिवर्तन गरेकोले यो हत्या नै हो भने पुष्टि हुन्छ ,रोशनीका मामा पंकज झाको दावि छ । यिनिहरुले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाए । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ ।

प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन अहिले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छ्न् । एसपी कुवरको निरिक्षणको क्रममा आक्रोशित बनेको भिडले आरोपी मिश्राको बुबा रुद्र प्रकाश मिश्रलाई लखेटेका थिए । घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । घटनामा आरोपिका आफन्तगरु डा.धिरज झा,मिश्राको बहिनी र भिनाजुलगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए ।

घटना लगत्तै माइतमा जानकारी दिनुको साटो प्रमाण नष्ट गर्न पर्साहीबाट एक टिपर मान्छेलाई बोलाइएको समेत छिमेकीहरुले बताए । माइती पक्षले शवको दाहसंस्कार छिटो र जानकारी बिना गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको भनाइमा, घटनाबारेका महत्त्वपूर्ण प्रमाण नष्ट गर्न हतारिएको हुनसक्ने आशंका छ। रोशनीका ३.५ वर्षका छोरा र २ वर्षकी छोरी छन्। घटनापछि स्थानीय ,नागरिक समाजका प्रतिनिधि र अधिकारकर्मीहरूले निष्पक्ष र वैज्ञानिक छानबिनको माग गरेका छन्।

प्रकाशित : मंशिर १४,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA