निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक

काठमाडौं। संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुझ्न तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो।सोहीअनुसार आज आइतबार बागमती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठक बस्दैछ । बाँकी ६ वटा प्रदेशमा भने तिहारलगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ।गृहमन्त्रीको प्रमुख आतिथ्यतामा तथा गृहसचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र प्रदेश सचिवको उपस्थिति रहनेछ।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA