निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक

काठमाडौं। संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुझ्न तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो।सोहीअनुसार आज आइतबार बागमती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठक बस्दैछ । बाँकी ६ वटा प्रदेशमा भने तिहारलगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ।गृहमन्त्रीको प्रमुख आतिथ्यतामा तथा गृहसचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र प्रदेश सचिवको उपस्थिति रहनेछ।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA