सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

साउन ११,०८३ / जेसी नेपाल संवाददाता

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा सोमबार हिन्दू र मुस्लिम समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खडकाका अनुसार पोलमा धार्मिक झण्डा झुण्ड्याउने विषयलाई लिएर दुई समुदायबीच विवाद भएको थियो । विवाद चर्किएपछि भएको झडपका क्रममा गोली चलेको र घटनामा एक जनाको मृत्यु भएको तथा १६ जना घाइते भएको उनले जानकारी दिए । मृतकको पहिचान ओमप्रकाश मेहताका रूपमा भएको छ । घाइतेहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समुदायबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ । यद्यपि प्रहरीले कति राउण्ड गोली चलाएको भन्ने विषयमा प्रहरीले आधिकारिक रूपमा प्रहरीले बताउन चाहेनन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी खडकाले बताएका छन् ।

घटनापछि देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा पुष्टि नभएका सूचना तथा अफवाह नफैलाउन आग्रह गर्दै घटनाको वास्तविकता अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित : साउन ११,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA