सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

साउन ११,०८३ / जेसी नेपाल संवाददाता

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा सोमबार हिन्दू र मुस्लिम समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खडकाका अनुसार पोलमा धार्मिक झण्डा झुण्ड्याउने विषयलाई लिएर दुई समुदायबीच विवाद भएको थियो । विवाद चर्किएपछि भएको झडपका क्रममा गोली चलेको र घटनामा एक जनाको मृत्यु भएको तथा १६ जना घाइते भएको उनले जानकारी दिए । मृतकको पहिचान ओमप्रकाश मेहताका रूपमा भएको छ । घाइतेहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समुदायबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ । यद्यपि प्रहरीले कति राउण्ड गोली चलाएको भन्ने विषयमा प्रहरीले आधिकारिक रूपमा प्रहरीले बताउन चाहेनन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी खडकाले बताएका छन् ।

घटनापछि देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा पुष्टि नभएका सूचना तथा अफवाह नफैलाउन आग्रह गर्दै घटनाको वास्तविकता अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित : साउन ११,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA