मन्त्री पदको लोभमा विच्छाले सांसद पद गुमाए : मधेस प्रदेश JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशमा मन्त्री पदको लोभमा विच्छाले सांसद पद गुमाए । पार्टीको निर्देशन विपरीत मधेशमा मन्त्री बनेकी बनेकी कंचन विच्छाको प्रदेश सांसद पद धरापमा परेको छ । वन तथा वातावरण मन्त्री विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राप्रपाले मधेश प्रदेशसभालाई पत्राचार गरेको हो ।

राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत कार्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम नेकपा एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेबारी तोकेका थिए । राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टीकरण समेत सोधेको थियो ।

पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पुर्याएर राप्रपाले उनलाई प्रदेशसभा सदस्य पदबाटै हटाउन राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेशसभामा पत्र पठाएको हो । राप्रपाका मुख्य सचिव केदार बहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पठाइएको हो । आजै पत्र प्रदेशसभा सचिवालयलाई प्राप्त भएपछि उपसभामुख बबिता राउत इशरलाई बुझाइएको सचिव बासु प्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख इशरले पत्र प्राप्त गरेको र त्यस बारे कर्मचारीसहित कानुन विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गर्ने बताइन् ।

प्रकाशित : मंशिर १४,२०८२            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA