मन्त्री पदको लोभमा विच्छाले सांसद पद गुमाए : मधेस प्रदेश JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशमा मन्त्री पदको लोभमा विच्छाले सांसद पद गुमाए । पार्टीको निर्देशन विपरीत मधेशमा मन्त्री बनेकी बनेकी कंचन विच्छाको प्रदेश सांसद पद धरापमा परेको छ । वन तथा वातावरण मन्त्री विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राप्रपाले मधेश प्रदेशसभालाई पत्राचार गरेको हो ।

राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत कार्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम नेकपा एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेबारी तोकेका थिए । राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टीकरण समेत सोधेको थियो ।

पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पुर्याएर राप्रपाले उनलाई प्रदेशसभा सदस्य पदबाटै हटाउन राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेशसभामा पत्र पठाएको हो । राप्रपाका मुख्य सचिव केदार बहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पठाइएको हो । आजै पत्र प्रदेशसभा सचिवालयलाई प्राप्त भएपछि उपसभामुख बबिता राउत इशरलाई बुझाइएको सचिव बासु प्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख इशरले पत्र प्राप्त गरेको र त्यस बारे कर्मचारीसहित कानुन विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गर्ने बताइन् ।

प्रकाशित : मंशिर १४,२०८२            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA