समाजिक अभियन्ता रायको पहलमा हस्तान्तरण गरिएको वारूण यन्त्रले दुई स्थानकाे आगलागी नियन्त्रण : JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

सर्लाही : बरहथवामा समाजसेवी सरोज रायको विशेष पहलमा हस्तान्तरण गरिएको वारूण यन्त्रले हालसम्म दुई फरक स्थानमा लागेको आगलागी नियन्त्रण गरी ठूलो क्षतिबाट बचाउन सफल भएको छ । वारूण यन्त्र सञ्चालनमा आएपछि छोटो समयमै आगो नियन्त्रण हुन थालेको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

अस्ति मात्रै बरहथवा नगरपालिकाको परोरीया टोलमा एक किसानको धानको बोझामा अचानक आगलागी भएको थियो । खेतमा पसिना बगाएर वर्षभरि गरेको मेहनतबाट संकलन गरिएको दर्जनौं बोझा धान आगोले नष्ट हुने अवस्थामा पुगेको थियो । आगलागीको खबर प्राप्त हुनासाथ वारूण यन्त्रसहितको टोली तत्काल घटनास्थलमा पुगेको थियो । समयमै गरिएको प्रयासका कारण आगो नियन्त्रणमा आई किसानको वर्षौंको मिहिनेत जोगिएको स्थानीय बासिन्दाले बताएका छन् ।

त्यसैगरी हिजो बरहथवा नगरपालिका अन्तर्गत हातीदण्डा पानी टंकी टोलमा एक परिवारको घरमा पनि आगलागी भएको थियो । अचानक लागेको आगोले घरसहित सम्पूर्ण सरसमान नष्ट हुने अवस्था आएको थियो । तर समयमै वारूण यन्त्र घटनास्थलमा पुगेर प्रभावकारी रूपमा आगो नियन्त्रण गरेको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको हो । आगलागीपछि घरधनी परिवार निराशाको साटो फेरि आशाको उज्यालो देख्न सफल भएका छन् । स्थानीयवासीहरूका अनुसार यदि वारूण यन्त्र समयमै नपुगेको भए दुवै घटनामा ठूलो जनधनको क्षति हुन सक्ने जोखिम थियो ।

समाजसेवी सरोज रायको पहलमा बरहथवामा वारूण यन्त्र उपलब्ध भएपछि आगलागी जस्ता आपतकालीन घटनामा तत्काल सहयोग पुग्न थालेको भन्दै स्थानीयले उहाँप्रति आभार व्यक्त गरेका छन् । बरहथवामा वारूण यन्त्र सञ्चालनमा आएपछि नागरिकहरूले आफू सुरक्षित महसुस गर्न थालेका छन् । जनधनको रक्षा गर्ने यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयको प्रतिक्रिया छ ।

प्रकाशित : मंशिर १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA