सिरहामा मुसहर समुदायको धान (कुन्यू) वाेझामा आगो लगाएपछि गरिव परिवा भए उठिवास : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

सिरहामा मुसहर समुदायको धान (कुन्यू) वाेझामा आगो लगाएपछि गरिव परिवाकाे उठिवास भएका छन । सिरहाको धनगढीमाई नगरपालिकास्थित धान काटेर राखिएको कुन्यू (बोझा) मा आगो लगाइदिएको हो ।

शनिबार राती उनको आफ्नै घर नजिक काटेर राखिएको धानको कुन्यू (बोझा) मा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो । स्थानीय लाले कुमार सदायले आफ्नो ८ कठ्ठा खेतमा लगाएको धान भित्र्याउने बेलामा अज्ञात व्यक्तिले आगो लगाएर नष्ट पारिदिएको हो । धान पेलाउनको लागि राखिएको कुन्यूमा स्थानीय केही व्यक्तिले व्यक्तिगत रिसबीको कारण आगो लगाएर नष्ट पारिदिएको आरोप छ ।

धनगढीमाई वडा नं. ३ अल्हुवा बाँध टोल बस्ने सदाय परिवारलाई धान जलाईदिएपछि सालभरि खान गाह्रो हुने जनाएको छ । लालेका अनुसार, दुई जनामाथि किटानी जाहेरी दिएको हो । यता, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले घटनास्थलको मुचुल्का गरी लगिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : मंशिर १५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA