सिरहामा मुसहर समुदायको धान (कुन्यू) वाेझामा आगो लगाएपछि गरिव परिवा भए उठिवास : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

सिरहामा मुसहर समुदायको धान (कुन्यू) वाेझामा आगो लगाएपछि गरिव परिवाकाे उठिवास भएका छन । सिरहाको धनगढीमाई नगरपालिकास्थित धान काटेर राखिएको कुन्यू (बोझा) मा आगो लगाइदिएको हो ।

शनिबार राती उनको आफ्नै घर नजिक काटेर राखिएको धानको कुन्यू (बोझा) मा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो । स्थानीय लाले कुमार सदायले आफ्नो ८ कठ्ठा खेतमा लगाएको धान भित्र्याउने बेलामा अज्ञात व्यक्तिले आगो लगाएर नष्ट पारिदिएको हो । धान पेलाउनको लागि राखिएको कुन्यूमा स्थानीय केही व्यक्तिले व्यक्तिगत रिसबीको कारण आगो लगाएर नष्ट पारिदिएको आरोप छ ।

धनगढीमाई वडा नं. ३ अल्हुवा बाँध टोल बस्ने सदाय परिवारलाई धान जलाईदिएपछि सालभरि खान गाह्रो हुने जनाएको छ । लालेका अनुसार, दुई जनामाथि किटानी जाहेरी दिएको हो । यता, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले घटनास्थलको मुचुल्का गरी लगिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : मंशिर १५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA