१६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम सम्पन्न : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

BY

भागचरण यादव

जनकपुरधाम उपमहानगरपालिका–१४ अवस्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत एकदिने जागरूकता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दलान नेपालका प्रतिनिधि धर्मानन्द ठाकुरद्वारा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका रूप, कारण, प्रभाव तथा न्यूनिकरणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। “प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा राखी आयोजित कार्यक्रममा Good Touch & Bad Touch को पहिचान, बालबालिकाले दैनिक जीवनमा अपनाउनुपर्ने सुरक्षा उपाय, र जोखिम व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण दिइयो।

त्यसैगरी, डिजिटल युगमा तीव्र रूपमा बढ्दै गएको अनलाइन तथा साइबर हिंसाबाट सुरक्षित रहने उपाय, सावधानी तथा सतर्कता सम्बन्धी व्यावहारिक परामर्शसमेत सहभागी विद्यार्थीहरूलाई दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रविधिको जिम्मेवार प्रयोग, लैङ्गिक हिंसा विरुद्ध स्वतःस्फूर्त रूपमा आवाज उठाउने, र सुरक्षित सामाजिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

१६ दिने अन्तर्राष्ट्रिय अभियानलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम दलान नेपाल, धनुषाको सक्रिय समन्वय र विद्यालय प्रशासनको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रकाशित : मंशिर १५,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA