राैतहटमा नकली नेपाली नाेट सँग एक भारती नागरिक सहित तीन जना पक्राउ : JCNEPAL MEDIA

मंशिर १६,२०८२ / जेसी नेपाल संवाददाता

रौतहट जिल्लाको ईशनाथ नगरपालिका - ४ लतमरीस्थित नेपाल- भारत सीमानाकाबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन्।

मंगलबार साँझ करिब ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकी तलासी गर्दा नोटहरू बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका ४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नेपाली नोट फेला परेको छ। बरामद नक्कली नोट कहाँबाट ल्याइएको हो र त्यसको नेटवर्कबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रकाशित : मंशिर १६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA