राैतहटमा नकली नेपाली नाेट सँग एक भारती नागरिक सहित तीन जना पक्राउ : JCNEPAL MEDIA

मंशिर १६,२०८२ / जेसी नेपाल संवाददाता

रौतहट जिल्लाको ईशनाथ नगरपालिका - ४ लतमरीस्थित नेपाल- भारत सीमानाकाबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन्।

मंगलबार साँझ करिब ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकी तलासी गर्दा नोटहरू बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका ४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नेपाली नोट फेला परेको छ। बरामद नक्कली नोट कहाँबाट ल्याइएको हो र त्यसको नेटवर्कबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रकाशित : मंशिर १६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA