भैरहवामा करोडौं ठगी गर्ने गिरोहका ९ जना पक्राउ : JCNEPAL MEDIA

मंशिर १७,२०८२ / जेसी नेपाल संवाददाता

भैरहवामा करोडौं ठगी गर्ने गिरोहका ९ जना पक्राउ परेका छन ।

रुपन्देही जिल्लामा प्रहरी प्रमुखका रूपमा एसपी प्रदिप बहादुर क्षेत्रीको आगमनसँगै अपराध अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । प्रहरीले पछिल्लो समय जघन्य हत्या, बैंकिङ कसुर, सरकारी छाप किर्ते र नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने गिरोहमाथि कडा कारबाही अगाडि बढाएको हो । प्रहरीले बुटवलमा घटेका दुई फरक जघन्य हत्या काण्डका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याएको छ । घरायसी विवादका कारण आफ्नै श्रीमती र दुई नाबालिका छोरीहरूलाई चक्कु तथा हथौडा प्रहार गरी बीभत्स हत्या गर्ने सुजन कोइराला र बुटवलको कालिकानगरमा ज्योति वि.क.को ढुङ्गाले थिचेर हत्या गरी फरार रहेका बालकृष्ण न्यौपानेलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप किर्ते गर्ने गिरोहको समेत पर्दाफास गरेको छ । मालपोत कार्यालय बुटवलका अधिकृत र कर्मचारीहरूको मिलेमतोमा भएको सरकारी छाप किर्ते काण्डमा संलग्न ५ जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अर्कोतर्फ, नेपाल तथा भारतका प्रतिष्ठित विश्वविद्यालयहरूको नक्कली प्रमाणपत्र, होलोग्राम र स्ट्याम्पसहित भारतीय नागरिक अभिषेक यादव र कलेज सञ्चालक हरि प्रसाद कँडेललाई पक्राउ गरी ठूलो परिमाणमा किर्ते सामाग्री बरामद गरिएको छ । बैंकिङ कसुरतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । गोर्खाज फाइनान्स लिमिटेडमा कमसल सुन धितो राखेर करोडौं ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरिएको छ, जसमध्ये मुख्य अभियुक्तहरू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अपराध नियन्त्रणसँगै राजश्व चुहावट रोक्न पनि प्रहरी सफल देखिएको छ । अवैध भन्सार छली चोरी पैठारी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १४ करोड १३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ भने अवैध नदीजन्य उत्खननमा संलग्न टिपर, जेसीबी र ट्याक्टरहरूलाई कारबाही गरी करिब ५० लाख राजश्व जम्मा गरेको तथ्यांकमा उल्लेख छ ।

साथै, फैसला कार्यान्वयनको शिलशिलामा समाजमा लुकिछिपी बसेका ५४२ जना फरार अपराधी र आन्दोलनका क्रममा कारागारबाट भागेका ३४ जना कैदीलाई पक्राउ गरी लामो समयदेखिको कैद र जरिवाना असुल गराउन रुपन्देही प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ,प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको भनाइ छ ।

प्रकाशित : मंशिर १७,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कोहलपुर इप्रकामा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम, दादागिरी मौलाउदै : JCNEPAL MEDIA

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना न्यून, आजै अर्को सरकार गठन : मधेस प्रदेशJCNEPAL MEDIA

१६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम सम्पन्न : JCNEPAL MEDIA

विरासत वाेकेकाे विवेकशील र शक्ति र संख्या भएको रास्वपा जोड्यो : JCNEPAL MEDIA

राेशनी झाकाे मृत्यु संकास्पद, सुक्ष्म जाँच हने धनुषा प्रहरी प्रमुखको भनाइ : JCNEPAL MEDIA

एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात : विराटनगर JCNEPAL MEDIA