नेपाली सेना रथी श्रेष्ठ ‘युएन फोर्स कमान्डर’ मा नियुक्त : JCNEPAL MEDIA

मंशिर १८,२०८२ / जेसी नेपाल संवाददाता

नेपाली सेना रथी श्रेष्ठ ‘युएन फोर्स कमान्डर’ मा नियुक्त भएका छन । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले रथी श्रेष्ठलाई संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बल अबेई (युनिस्फा) शान्ति मिसनको नयाँ फोर्स कमान्डरमा नियुक्त गरेको घोषणा गर्नुभएको छ ।

महासचिव गुटेर्रेसको कर्मचारी नियुक्तिबारे जारी विज्ञप्तिमा नेपाली सेनाका लेफ्टिनेन्ट जनरल श्रेष्ठलाई घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको उत्तराधिकारीका रूपमा युनिस्फाको नेतृत्वमा चयन गरिएको उल्लेख छ । अबेई (युनिस्फा) को लागि संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल (युनिस्फा) सन् २०११ जुन २७ देखि तैनाथ छ । गृहयुद्धमा दक्षिण सुडानको विवादित सीमा अबेईका नागरिकहरूको सुरक्षार्थ राष्ट्रसङ्घले अबेई क्षेत्रको सीमा निगरानी तथा सुरक्षार्थ शान्ति सेना र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्ले आफ्नो कार्यादेश विस्तार गर्दै आगामी सन् २०२६ नोभेम्बर १५ सम्म उक्त मिसनलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । फोर्स कमान्डर नियुक्त रथी श्रेष्ठले नेपाली सेनाको सुदूरपश्चिम डिभिजनको डिभिजन कमान्डर, दक्षिण सुडानमा संयुक्त राष्ट्र नियोग (अनमिस) मा सेक्टर इस्टका लागि सेक्टर कमान्डरलगायत राष्ट्रसङ्घीय शान्ति सेनामा नेतृत्वदायी पदहरूमा ३६ वर्ष काम गर्नुभएको छ ।

नेपाली सेनाको मुख्यालयमा मास्टर जनरल अफ अर्डिन्यान्समा कार्यरत श्रेष्ठले जङ्गीअड्डामा एडजुटेन्ट जनरलका रूपमा पनि काम गरिसक्नुभएको छ ।

प्रकाशित : मंशिर १८,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA