७ दल बीच सहमति जुटेकाे भनेता पनि मुख्यमन्त्रीमा साेनल र कृष्णप्रसाद यादवकाे दावी कायमै : JCNEPAL MEDIA

मंशिर १८,२०८२ / जेसी नेपाल संवाददाता

मधेश प्रदेशमा नयाँ सरकार बनाउन सातदल सहमत भनेतापनि मुख्यमन्त्रीमा जितेन्द्र साेनल(साेनार) र कृष्णप्रसाद यादवकाे दावी कायमै रहेको छ । दिनभरकाे कसरत असफल भएको छ। दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न सकेको छैन।

मुख्यमन्त्रीका दावेदार लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनार र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी कायमै रहँदा सहमति जुट्न नसकेको हो। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले दलीय सहमति जुटे पनि सहमति बारे खोल्न चाहेनन्। उनका अनुसार सहमति भए पनि औपचारिक घोषणा भोलिमात्र हुने छ। स्रोतका अनुसार ७ दलबीच मुख्यमन्त्रीमा सहमति जुट्न नसक्दा मन्त्रीहरूको पनि टुंगो लाग्न सकेको छैन।

बैठक पुनः शुक्रबार बस्ने गरी स्थगित गरिएको स्रोतले बताएको छ। ७ दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गर्दै शुक्रबार ५ बजेसम्मका लागि समय दिएका छन्।

प्रकाशित : मंशिर १८,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA