७ दल बीच सहमति जुटेकाे भनेता पनि मुख्यमन्त्रीमा साेनल र कृष्णप्रसाद यादवकाे दावी कायमै : JCNEPAL MEDIA

मंशिर १८,२०८२ / जेसी नेपाल संवाददाता

मधेश प्रदेशमा नयाँ सरकार बनाउन सातदल सहमत भनेतापनि मुख्यमन्त्रीमा जितेन्द्र साेनल(साेनार) र कृष्णप्रसाद यादवकाे दावी कायमै रहेको छ । दिनभरकाे कसरत असफल भएको छ। दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न सकेको छैन।

मुख्यमन्त्रीका दावेदार लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनार र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी कायमै रहँदा सहमति जुट्न नसकेको हो। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले दलीय सहमति जुटे पनि सहमति बारे खोल्न चाहेनन्। उनका अनुसार सहमति भए पनि औपचारिक घोषणा भोलिमात्र हुने छ। स्रोतका अनुसार ७ दलबीच मुख्यमन्त्रीमा सहमति जुट्न नसक्दा मन्त्रीहरूको पनि टुंगो लाग्न सकेको छैन।

बैठक पुनः शुक्रबार बस्ने गरी स्थगित गरिएको स्रोतले बताएको छ। ७ दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गर्दै शुक्रबार ५ बजेसम्मका लागि समय दिएका छन्।

प्रकाशित : मंशिर १८,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA