जनकपुरधाममा दुईदिने मैथिली चलचित्र तथा साहित्य प्रशिक्षण सुरु : JCNEPAL MEDIA

मंशिर १९,२०८२ / जेसी नेपाल संवाददाता

भागचरण यादव

चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको आयोजनामा दुईदिने चलचित्र तथा लघुचलचित्रसम्बन्धी मैथिली भाषा तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ ।

मैथिली भाषा, साहित्य र सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणलाई स्थानीय प्रतिभा अभिवृद्धिको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ । कार्यक्रममा बोर्डले नयाँ अभ्यासको थालनी गर्दै तीन जना विद्यार्थी—कुनाल कुमार मिश्र, स्वस्तिका मण्डल र चाँदनी खातुन—लाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको छ । विद्यार्थीलाई नै प्रमुख अतिथिको जिम्मेवारी दिइनुले युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने सन्देश दिएको आयोजकको भनाइ छ । प्रशिक्षणका प्रशिक्षक चलचित्रकर्मी पुर्नेन्दु कुमार झा रहेका छन् । कार्यक्रममा एन–प्याब्सन धनुषाका अध्यक्ष दीपक ठाकुर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, साहित्यकार श्यामसुन्दर शशी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लेखीले मैथिली भाषामा आधारित चलचित्र तथा लघुचलचित्र निर्माणका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताए । उनले चलचित्र निर्माणमा मैथिली पहिचान, मौलिक भाषा र स्थानीय शैलीको प्रयोगले सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने उल्लेख गरे । बोर्डका सदस्य रामस्वागत चौधरीले प्रशिक्षणको उद्देश्य र महत्वबारे प्रस्ट पार्दै संवाद लेखन, स्क्रिप्ट निर्माण, साहित्यिक प्रस्तुतीकरणजस्ता पक्षमा सहभागीहरूको क्षमता अभिवृद्धि हुने बताए । यसले स्थानीय प्रतिभा र सांस्कृतिक संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने उनको भनाइ थियो ।

कार्यक्रमको औपचारिक घोषणा बोर्डका प्रमुख प्रशासकीय अधिकृत राधेशंकर पालले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने यस प्रशिक्षणमा स्थानीय विद्यार्थी, सिर्जनशील युवा तथा चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको बोर्ड सदस्य रीना यादवले जानकारी दिइन् ।

प्रकाशित : मंशिर १९,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA

सराेज राय द्वारा बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग :JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA