मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित तीन मन्त्रीहरूले सपथ लिए : JCNEPAL MEDIA

मंशिर २१,२०८२ / जेसी नेपाल संवाददाता

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। गत शुक्रबार सात दलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए। सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ। जनमत पार्टीबाट महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ।

प्रकाशित : मंशिर २१,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA