जनकपुरका मेयर प्रत्याशी शिवशंकर साह (हिरा) बलात्कार आरोपमा पक्राउ : JCNEPAL MEDIA

मंशिर २३,२०८२/ जेसी नेपाल संवाददाता

१४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी शिवशंकर साह ‘हिरा’लाई प्रहरीले पक्राउ गरेको छ ।

दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको उजुरीअनुसार हिरासहित चार जनामाथि होटेलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा हिरालाई नियन्त्रणमा लिइएको हो ।

उजुरीका आधारमा आवश्यक अनुसन्धान अघि बढाइरहेको उनले बताए । यसअघि घटनामा संलग्नताको आरोपमा हिराका दाइ पर्ने मनोज महतो पक्राउ परिसकेका छन् । बाँकी दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरा २०७९ सालको स्थानीय तह चुनावमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयरका उम्मेदवार बनेका थिए र निकटतम प्रतिस्पर्धी समेत रहेका थिए।

आगामी चुनावमा उनी मेयर जित्ने प्रबल दाबी गरिँदै आएका बेला यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन् । हिरा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।

प्रकाशित : मंशिर २३,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA