रोशनी झा हत्या काण्डमा किटानीमा नाम रहेका दुई पक्राउ : JCNEPAL MEDIA

मंशिर २४,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधामको रोशनी झा हत्याको काण्डमा पिडितद्वारा किटानी जाहेरी दिएका मध्ये थप दुई जनालाई धनुषा प्रहरीले आज पक्राउँ गरेको छ । पिडित परिवारको मागको आधारमा घटनाको नेपाल प्रहरीको सिआईवि अनुसन्धान थालेको केही घण्टामा नै जाहेरीमा आरोपित बनाईएका जनकपुरधामको वडा नंं ३ देवान पोखरी क्षेत्रमा वस्ने वर्ष ४५ को सच्चिन झा र नीजका छोरा वर्ष १५ को प्रतिक झालाई धनुषा प्रहरीले पक्राउँ गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षणक गणेश बहादुर बलमे जानकारी दिनु भएको हो ।

यस अघि नै मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्रलाई प्रहरीले पक्राउँ गरिसकेको छ । नेपाल प्रहरीमा किटानी जाहेरी दिएको एक सातापछि मात्र धनुषा प्रहरीले प्रशान्तका भिनाजु तथा भान्जालाई पक्राउँ गरेको छ । मृतक रोशनीका आमा वेवी देवी झा, दाई मनिष कुमार झा, मामी रजनी झा सहितकाले पत्रकार सम्मेलनको आयोजना गरेर सिआईविको अनुसन्धानको माग गरेका थिए । माग गरेको एक दिनपछि नै नेपाल प्रहरीको सिआईविले रोशनी घटनाको अनुसन्धान शुरु गरिसकेको छ । अहिले सिआईविले आफ्‌नै तरिकाले घटनाको सुक्ष्म अनुसन्धान थालेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ कटैया चौरी घर भएका प्रशान्त मिश्रको श्रीमति रोशनी झाको मंसिर १२ गते विहिवारका राति भएको मृत्यु प्रकरण शंकास्पद मात्र नभई हत्या भएको रोशनीका माईतिपक्षले दावी गर्दै न्यायको माग सहित विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।

रोशनीका सशुराली पक्षले रोशनीको कागजपत्र जलाउनु, कहिले भर्याङ्गवाट लडेको र कहिले झुण्डिएको जस्ता अभिव्यक्ति दिने काम गर्नु नै मृत्यु प्रकरण संकास्पद रहेको बताउदै मृतक रोशनीका श्रीमान्‌ले पटक पटक दाईजोका नाममा रकम तथा सामान माग्दै आएको दावी गरेका छन् । मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र मधेश प्रदेशका नीति तथा योजना आयोगमा शाखा अधिकृतमा कार्यरत रहनु भएको छ । केही वर्ष अगाडी ९ लाख नगद सहित मागी विवाह गरेको र केटाको घर निर्माणका लागि पुनः १५ लाख रकम दिएको माईती पक्षले जनाउदै आएको छ । मृतक रोशनीका दुई नावालक सन्तानहरु रहेका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको वेलामा जनकपुरधाममा रोशनीको हत्या भपछि यसको चर्चा देश तथा विदेशमा भईरहेको छ ।

प्रकाशित : मंशिर २४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA