बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA

मंशिर २४,२०८२ / जेसी नेपाल संवाददाता

बुटवल : पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको आरोपमा पक्राउ परेका उनीमाथि रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनकी जेठी श्रीमती तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

मंगलबार तीन दिनका लागि म्याद थप भएको छ,उनले भने । अहिले अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार डिएसपी नेपालले प्रहरीमै कार्यरत एक युवतीसँग दोस्रो विवाह गरेका हुन् । तर स्रोतका अनुसार उक्त प्रहरी युवती भने अहिले फरार छिन् । डिएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए ।

बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए । प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।

प्रकाशित : मंशिर २४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA