बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

मंशिर २५,२०८२ / जेसी नेपाल संवाददाता

बलात्कार आरोपमा पक्राउ परेका प्रत्यासी एवं एमाले नेता हिरा भनिने शिवशंकर साहकाे थुनामा अवधि चारदिन थपिएको छ । अनुसन्धानका लागि जिल्ला अदालतबाट चार दिन थुनामा राख्ने म्याद थपगरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमले जानकारी दिएका छन । केही दिन अघि एक १४ वर्षिया बालिकालाई आफ्नै हाेटेलमा जबर्जस्ती करणी गरेको आरोपमा साहलगायत चारजना बिरूध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

घटनाको आरोपीत हिरा र घटनाढाकछाेप गर्न आर्थिक लेनदेनमा मध्यस्थत कर्तकाे भुमिका निर्वाह गरेका पिडित बालिकाका मामा संजय महासेठ पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी कार्यालय डिएसपी बमले पुष्टि गरेका थिए । साेहि मुद्दामा हिराकाे नातामा दाइ पर्ने मनाेज महताेलाई यसअघिनै काठमाडौं बाट प्रहरीले पक्राउ गरेका थिए । थप एकजनाको खाेजतलास भईरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना ढाकछोप गर्न करीब २७ लाख रूपैयाकाे लेनदेन भएको कुरा समेत चर्चा रहेको छ । साेहि मुद्दामा पिडित बालिकाकै मामा महासेठ पक्राउ परेकाे हाे । साह गत २०७९ काे चुनावमा जनकपुर धाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उमेदवार थिए । उनी निकटतम प्रतिद्वन्द्वी भएका थिए । साह जनकपुर उद्योग वाणिज्य संघ मधेस उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका थिए ।

प्रकाशित : मंशिर २५,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA