बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

मंशिर २५,२०८२ / जेसी नेपाल संवाददाता

बलात्कार आरोपमा पक्राउ परेका प्रत्यासी एवं एमाले नेता हिरा भनिने शिवशंकर साहकाे थुनामा अवधि चारदिन थपिएको छ । अनुसन्धानका लागि जिल्ला अदालतबाट चार दिन थुनामा राख्ने म्याद थपगरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमले जानकारी दिएका छन । केही दिन अघि एक १४ वर्षिया बालिकालाई आफ्नै हाेटेलमा जबर्जस्ती करणी गरेको आरोपमा साहलगायत चारजना बिरूध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

घटनाको आरोपीत हिरा र घटनाढाकछाेप गर्न आर्थिक लेनदेनमा मध्यस्थत कर्तकाे भुमिका निर्वाह गरेका पिडित बालिकाका मामा संजय महासेठ पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी कार्यालय डिएसपी बमले पुष्टि गरेका थिए । साेहि मुद्दामा हिराकाे नातामा दाइ पर्ने मनाेज महताेलाई यसअघिनै काठमाडौं बाट प्रहरीले पक्राउ गरेका थिए । थप एकजनाको खाेजतलास भईरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना ढाकछोप गर्न करीब २७ लाख रूपैयाकाे लेनदेन भएको कुरा समेत चर्चा रहेको छ । साेहि मुद्दामा पिडित बालिकाकै मामा महासेठ पक्राउ परेकाे हाे । साह गत २०७९ काे चुनावमा जनकपुर धाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उमेदवार थिए । उनी निकटतम प्रतिद्वन्द्वी भएका थिए । साह जनकपुर उद्योग वाणिज्य संघ मधेस उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका थिए ।

प्रकाशित : मंशिर २५,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA