धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

मंशिर २५,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा क्षेत्र नं.२ मा प्रतिनिधिसभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र बनेको छ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं.२ काे विस्तारित क्षेत्रीय बैठकमा तिनजनाले आफ्नो उमेदवारी घाेषणा गरेका थिए । जस्मा रामकृष्ण यादव , दिनेश प्रसाद प्रसैला यादव र मुक्ता यादव आ-आफ्नो उमेदवारी घाेषणा गरेका थिए । तिनै जना उमेदवार मध्ये शुरूकाे बैठकमा कार्यसमितिका अधिकान्स कार्यकर्ताहरू दिनेश प्रसाद प्रसैला यादवकाे एकल नाम पठाउन भनिरहेको थियोे । तर, निवर्तमान सांसद रामकृष्ण यादवकाे पक्षधरहरू रामकृष्ण यादवकाे एकल नाम पठाउन भन्दा बैठकमा हाेहला भएको बुझिएको छ ।

निवर्तमान सांसद संविधान सभा र प्रतिनिधि सभामा गरि ४ पटक उभेतापनि ३ पटक निर्वाचित भएका थिए । त्यसतै दिनेश प्रसाद प्रसैला यादव एक पटक संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । मुक्ता यादव समानुपातिकबाट एक पटक राष्ट्र सभा सदस्य भएका थिए । हाल केन्द्रीय सदस्य हुन ।

अब, तिनै नेता मध्ये १ नं. कस्काे नाम पठाउने भने विवाद चुलिएको स्रोत बाट बुझिएको छ । क्षेत्र भित्रका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूकाे बुझाईमा मा. रामकृष्ण यादव, दिनेश प्रसाद प्रसैला यादव र मुक्ता यादव मुख्य दाबेदारका रूपमा रहेका छन ।

तिनै नेता मुख्य दावेदारका रूपमा उभिँदै गर्दा नेताहरूबीचको निरन्तर समन्वय र परामर्शले चाँडै स्पष्ट निष्कर्ष आउने संकेत गरेको छ।

प्रकाशित : मंशिर २५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA