एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

मंशिर २७,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ।

उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आज देशभरबाट प्रतिनिधि र नेता-कार्यकर्ता धमाधम काठमाडौं आइरहेका छन्। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।

महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिन थालेको छ। उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । ११ औं महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि हुनेछन्। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने भएकाले १०८ जना मनोनीत हुनेछन्।

यससँगै ३०९ जना केन्द्रीय सल्लाहकार समेत गरी कुल प्रतिनिधि सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।

प्रकाशित : मंशिर २७,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA