मधेशका मुख्यमन्त्री यादव एक्शनमा ,सरकारी कार्यालयमा छड्के ,७२ कर्मचारीलाई कारबाही : JCNEPAL MEDIA

पुस ०३,२०८२ / जेसी नेपाल संवाददाता

मधेशका सरकारी कार्यालयमा छड्के गरी ७२ जना कर्मचारीलाई कारबाही गरिएको छ । ​​मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मधेश प्रदेशका मुख्यमंत्री कृष्ण प्रसाद यादवको विशेष निर्देशनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २/२ जनाको ८ वटा टोली बनाएर यही पुस १ र २ गते छड्के अनुगमन गरिएको हो ।

छड्के अनुगमनका क्रममा १ गते ४८ र २ गते २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्नेहरूमा ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । कारबाहीमा पर्नेमा उपसचिव सरहका २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरहका १६, खरिदार सरहका ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् ।

कारबाहीमा पर्नेहरूमा पूर्व स्वीकृति बेगर कार्यालय नआएका ३४ जना रहेका छन् । यसैगरी तोकिएको पोशाक नलगाउने ३८ जना रहेका छन् ।निरीक्षणलाई निरन्तरता दिई मधेश प्रदेशका बाँकी ७ वटा जिल्लामा समेत निरीक्षण गर्न टोली खटाइने निमित्त प्रमुख सचिव महतोले जानकारी दिए । प्रदेशमा सुशासन कायम गर्नका लागि छड्के अनुगमन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ०३,२०८२            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA