जनकपुरमा दिनहुँ मोटरसाईकल चोरी बढदै, चाेरीमा संलग्न १२ जना पक्राउ : JCNEPAL MEDIA

पुस ११,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरमा दिनहुँ मोटरसाईकल चोरी बढदै गएको छ । चाेरीमा संलग्न १२ जना पक्राउ परेका छन । धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–बिक्री गर्दै आएको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी तथा बिक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार पछिल्लो समय जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि विशेष निगरानी तथा अनुसन्धान अभियान सञ्चालन गरिएको थियो।

सोही अभियानका क्रममा उक्त गिरोहको गतिविधि पत्ता लागी पक्राउ गरिएको उनले बताए। प्रहरी अनुसन्धानमा उक्त समूहले सार्वजनिक स्थल, बजार क्षेत्र, अस्पताल परिसर तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने र नम्बर प्लेट परिवर्तन गरी कम मूल्यमा बिक्री गर्दै आएको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : पुस ११,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA