कांग्रेस-कम्युनिस्ट नीतिले देश धरापमा परेको उपेन्द्र यादवको आरोप : JCNEPAL MEDIA

पुस १४,२०८२/ जेसी नेपाल संवाददाता

कांग्रेस-कम्युनिस्ट नीतिले देश धरापमा परेको उपेन्द्र यादवको आरोप रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटमा रहेको दाबी गरे ।

उनले कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, निजीकरण र उदारीकरणका कारण उद्योग, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्र धराशायी भएको तथा भ्रष्टाचार चरम सीमामा पुगेको आरोप लगाए । संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र शिक्षा सुधारका मागलाई दुईतिहाइको दम्भमा बेवास्ता गरिएको उनको भनाइ थियो । अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली विभेदकारी र महँगो भएको भन्दै पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए ।

मधेशको भूगोल र जनसंख्याको सही प्रतिनिधित्व नभएको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म जसपा संघर्षमै रहने स्पष्ट पारे । सभामा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै संघीयता विरोधी गतिविधि र जनजीविकाका समस्याको विरोध गरेका थिए । मधेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो ।

प्रकाशित : पुस १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA