मधेश प्रदेश सरकारमा आज मन्त्रीमण्डल विस्तार हुने सम्भावना : JCNEPAL MEDIA

पुस १५,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मन्त्रालय भागबण्डा टुंग्याउने प्रयासका बीच मधेश प्रदेश सरकारका सत्तारुढ दलहरूबीच मंगलबार सहमति जुट्ने संकेत देखिएको छ। सहमति भएमा प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भई पूर्णता पाउने सम्भावना प्रबल रहेको स्रोतले जनाएको छ।

प्रदेश सरकार गठन भएको २६ दिन बितिसक्दा पनि सातदलीय गठबन्धनभित्र मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। यसै सन्दर्भमा मंगलबार बिहान ८ बजे छदलीय गठबन्धनको बैठक बस्दै मन्त्रालय भागवण्डाको टुंगो लगाइने र साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना रहेको स्रोतको दाबी छ। जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणपछि मधेशमा ठूलो दलको रूपमा उदाएको जसपा नेपालले प्रदेश सरकारमा तीन मन्त्रालयमा दाबी गरेको बताइएको छ। जसपा नेपालले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने सहमति भए पनि थप दुई मन्त्रालयमा दाबी कायमै राखेको जनाइएको छ।

त्यस्तै नेपाली कांग्रेसले पनि तीन मन्त्रालयमा दाबी गरेको छ। नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले दुई मन्त्रालयमा दाबी जारी राखेको छ भने जनमत पार्टीले पनि दुई मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेको स्रोतले जनाएको छ। सत्तारुढ दलहरूले संख्यात्मक आधारभन्दा बढी मन्त्रालयमा दाबी गर्न थालेपछि मन्त्रिपरिषद् विस्तारमा जटिलता देखिएको छ। यद्यपि मंगलबार वा बुधबारसम्म प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री यादवको चाहना रहेको बताइएको छ।

मधेश प्रदेश सरकारमा ११ मन्त्रालय रहेकामा हालसम्म पाँच जना मात्र मन्त्री नियुक्त भएका छन् भने बाँकी छ मन्त्रालय मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन्। यसअघि बसेको सत्तारुढ दलहरूको बैठक मन्त्रालय भागवण्डाकै विषयमा सहमति नजुट्दा निष्कर्षविहीन बनेको थियो। जसपा नेपालका संसदीय दलका नेता सरोज यादवले मंगलबार बिहान बस्ने छदलीय गठबन्धनको बैठकबाट सहमतिमै प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन्। कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार सातदलीय गठबन्धनको समर्थनमा मंसिर १९ गते गठन भएको हो।

प्रकाशित : पुस १५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA

सराेज राय द्वारा बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग :JCNEPAL MEDIA

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेल बीच भेटबर्ता : JCNEPAL MEDIA

प्रेमिका भेट्न गएका सुमितको घाँटी रेते´र हत्या, प्रेमिका काजल सहित तीन पक्राउ : JCNEPAL MEDIA

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA