फँसाउने मँन्साइले मोटरसाईकलमा ड्रग्स राख्ने, तीन जना पक्राउ : JCNEPAL MEDIA

पुस १६,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषा प्रहरीले व्यक्तिगत सत्रुताकाे कारण अरूलाई फँसाउन खोज्ने खडयन्त्रकारी तीन जनालाई पक्राउ गरेको छ । गत पुस ८ गते हुलाकी सडक अन्तर्गत करिब ५ः२५ बजेको समयमा धनुषाको औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाईकलमा लागुऔषध राखिएको भनेर सुराकी दिने व्यक्तिसहित तीन जनालाई पक्राउ गरिएको हो ।

माे.सा. नम्बर ९१७३ रहेको मोटरसाईकलमा लागुऔषध जाँदैछ भनेर प्रहरीलाई खवर गर्ने व्यक्तिसहित तिनजना पक्राउ परेका छन । उनले नै व्यक्तिगत रिसवीको कारण फँसाउन खोजिएको प्रमाण भेटेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हठिपुर बस्ने खुसिलाल यादवको ३४ बर्षिय छोरा सुभाष यादव, विदेह नगरपालिका वडा नं. ४ टाढी बस्ने पवन कुमार यादवका २७ बर्षिय छोरा पुनित कुमार यादव र मोसा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फँसाउने मनसायले मोटरसाईकलको सिटमा लागुऔषध राखेर फँसाउन हुन सक्ने मनसायको आशंका प्रहरीले गरेको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१६ अन्तर्गत हुलाकी सडक खण्डमा औरहीबाट जनकपुरतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकी जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकल चालकको सिटमुनि कालो प्लास्टिकमा राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ प्लास्टिकसहित ६ दशमलव ९९ ग्राम र प्लास्टिक बाहेक ५ दशमलव ९८ ग्राम तौलको रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध गलत मनसायले राखिएको देखिएपछि मोटरसाइकल चालकसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित : पुस १६,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA