फँसाउने मँन्साइले मोटरसाईकलमा ड्रग्स राख्ने, तीन जना पक्राउ : JCNEPAL MEDIA

पुस १६,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषा प्रहरीले व्यक्तिगत सत्रुताकाे कारण अरूलाई फँसाउन खोज्ने खडयन्त्रकारी तीन जनालाई पक्राउ गरेको छ । गत पुस ८ गते हुलाकी सडक अन्तर्गत करिब ५ः२५ बजेको समयमा धनुषाको औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाईकलमा लागुऔषध राखिएको भनेर सुराकी दिने व्यक्तिसहित तीन जनालाई पक्राउ गरिएको हो ।

माे.सा. नम्बर ९१७३ रहेको मोटरसाईकलमा लागुऔषध जाँदैछ भनेर प्रहरीलाई खवर गर्ने व्यक्तिसहित तिनजना पक्राउ परेका छन । उनले नै व्यक्तिगत रिसवीको कारण फँसाउन खोजिएको प्रमाण भेटेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हठिपुर बस्ने खुसिलाल यादवको ३४ बर्षिय छोरा सुभाष यादव, विदेह नगरपालिका वडा नं. ४ टाढी बस्ने पवन कुमार यादवका २७ बर्षिय छोरा पुनित कुमार यादव र मोसा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फँसाउने मनसायले मोटरसाईकलको सिटमा लागुऔषध राखेर फँसाउन हुन सक्ने मनसायको आशंका प्रहरीले गरेको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१६ अन्तर्गत हुलाकी सडक खण्डमा औरहीबाट जनकपुरतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकी जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकल चालकको सिटमुनि कालो प्लास्टिकमा राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ प्लास्टिकसहित ६ दशमलव ९९ ग्राम र प्लास्टिक बाहेक ५ दशमलव ९८ ग्राम तौलको रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध गलत मनसायले राखिएको देखिएपछि मोटरसाइकल चालकसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित : पुस १६,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA