सर्वसाधारणको नाम दुरूपयोग गरी अनलाइन ठगी गर्ने संगठित गिरोह पक्राउ : JCNEPAL MEDIA

पुस १६,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : सर्वसाधारणको नाम दुरूपयोग गरी अनधिकृत रूपमा अनलाइन ठगी गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफन्तका नाममा पठाएको रेमिट्यान्स झिक्न आएका सेवाग्राही महिलालाई लक्षित गरी ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीकाअनुसार रेमिट्यान्स झिक्न थप कागजात आवश्यक पर्ने बहानामा सेवाग्राहीको फोटो र नागरिकताको प्रतिलिपि संकलन गरी त्यसको दुरूपयोग गरिएको थियो ।

संकलित विवरण प्रयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट तथा एकाउन्ट खोल्ने र ती एकाउन्टहरू ठगी गर्ने समूहलाई बिक्री–वितरण गरिएको थियो । सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले सुक्ष्म अनुसन्धानपछि धनुषा जिल्लाका विभिन्न स्थानबाट गिरोहका मुख्य सदस्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित ‘मामा भान्जा ट्रेडर्स’ (रेमिट्यान्स काउन्टर) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, दीपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्डल, धनौजी गाउँपालिका-२ का साधु राम, जनकपुरधामको शिवचोकमा डेरा गरी बस्ने बलराम मण्डल, धनौजी-२ का रूपेश कुमार साह र निक्की कुमार राम रहेका छन् ।

प्रकाशित : पुस १६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA