मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न जरुरी : गृहमन्त्री JCNEPAL MEDIA

पुस १८,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौै : गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्युनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजि कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षीत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार विधिको शासन, भ्रष्टाचार मुक्त र सुशासन कायम गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न सम्पूर्ण रुपले निर्वाचनमा केन्द्रित रहेको पनि बताउनु भयो ।

प्रकाशित : पुस १८,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA