फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फेसबुक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्य दृश्य सामग्री प्रकाशन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो चेतावनी दिएको हो ।आयोगले त्यस्ता झुट फेसबुक पेज र ग्रुप सिर्जना गरी दलका नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ङ) को प्रतिकूल रहेको जनाएको छ ।उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुट फेसबुक पेज र ग्रुप तत्काल हटाई यसपछि यस किसिमका गतिविधि नगर्न आयोगले आग्रह गरेको छ । साथै, उक्त फेसबुक पेज र ग्रुप तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।साभार : नेपाल प्रेस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA