जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

पुस २८,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति गठन भएको छ।

निर्वाचन प्रक्रियाबाट डा. रामज्ञान यादव अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर अत्यधिक मतले विजयी भएका छन । त्यसतै उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत चयन हुनुभएको छ।

महासचिवको जिम्मेवारी डा. विजय कुमार साहले पाउनुभएको छ ,भने सहसचिवमा डा. रबिन झा चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा डा. रतीश सिंह राजपूत र सह–कोषाध्यक्षमा डा. शम्भु साह निर्वाचित हुनुभएको छ। कार्यसमितिका सदस्यहरूमा डा. जितेन्द्र ठाकुर, डा. रबिन प्रसाद साह, डा. बलराम मण्डल, डा. ममता कुमारी साह, डा. राम प्रताप साह र डा. अश्विनी कुमार रञ्जन रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले चिकित्सकहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

जनकपुर क्षेत्रका चिकित्सकहरूका साझा समस्यालाई संस्थागत रूपमा उठान गर्दै समाधानतर्फ अग्रसर हुने अपेक्षा समेत गरिएको छ।

प्रकाशित : पुस २८,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA