जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

पुस २८,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति गठन भएको छ।

निर्वाचन प्रक्रियाबाट डा. रामज्ञान यादव अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर अत्यधिक मतले विजयी भएका छन । त्यसतै उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत चयन हुनुभएको छ।

महासचिवको जिम्मेवारी डा. विजय कुमार साहले पाउनुभएको छ ,भने सहसचिवमा डा. रबिन झा चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा डा. रतीश सिंह राजपूत र सह–कोषाध्यक्षमा डा. शम्भु साह निर्वाचित हुनुभएको छ। कार्यसमितिका सदस्यहरूमा डा. जितेन्द्र ठाकुर, डा. रबिन प्रसाद साह, डा. बलराम मण्डल, डा. ममता कुमारी साह, डा. राम प्रताप साह र डा. अश्विनी कुमार रञ्जन रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले चिकित्सकहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

जनकपुर क्षेत्रका चिकित्सकहरूका साझा समस्यालाई संस्थागत रूपमा उठान गर्दै समाधानतर्फ अग्रसर हुने अपेक्षा समेत गरिएको छ।

प्रकाशित : पुस २८,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA