गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को निर्णय : JCNEPAL MEDIA

पुस ०८,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण तीन निर्णयहरू सार्वजनिक गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

त्यसैगरी दोस्रो निर्णय गृहमन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगसँग सम्बन्धित छ । २०८२ भदौमा गठित उक्त आयोगको कार्यम्याद २० दिन थप गर्ने निर्णय गरिएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रकाशित : पुस ०८,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA