गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को निर्णय : JCNEPAL MEDIA

पुस ०८,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण तीन निर्णयहरू सार्वजनिक गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

त्यसैगरी दोस्रो निर्णय गृहमन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगसँग सम्बन्धित छ । २०८२ भदौमा गठित उक्त आयोगको कार्यम्याद २० दिन थप गर्ने निर्णय गरिएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रकाशित : पुस ०८,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA