दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

पुस ११,२०८२ / जेसी नेपाल संवाददाता

 जनकपुरधाम : दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशमा भएको छ । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा आज दिउँसो १:४५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशको एक पदमा निर्विरोध भइसकेको छ भने बाँकी १७ पदका लागि मतदान भइरहेको छ। कोसी प्रदेशको खस–आर्यतर्फ नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा जारी छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्। कूल २ हजार ५६ मतदातामध्ये हाल २ हजार ११ मतदाता कायम छन् ।

प्रकाशित : पुस ११,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA