दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

पुस ११,२०८२ / जेसी नेपाल संवाददाता

 जनकपुरधाम : दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशमा भएको छ । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा आज दिउँसो १:४५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशको एक पदमा निर्विरोध भइसकेको छ भने बाँकी १७ पदका लागि मतदान भइरहेको छ। कोसी प्रदेशको खस–आर्यतर्फ नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा जारी छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्। कूल २ हजार ५६ मतदातामध्ये हाल २ हजार ११ मतदाता कायम छन् ।

प्रकाशित : पुस ११,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA