विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

पुस १४,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपालका बैंकिङ क्षेत्रमा विवादित सुमन शर्माको नाम पुन: चर्चामा आएको छ। ‘कहिँ नबिक्ने-कहिँ नटिक्ने’ सीइओका रुपमा चिनिएका शर्मा प्रभु बैंक लिमिटेडमा छिर्ने योजनामा रहेको तथ्य बाहिरिएसँगै उनको विगतमाथि चर्चापरिचर्चा सुरु भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी लामो अनुभव रहेको दाबी गर्दै शर्माले प्रभु बैंक सीइओ बन्नका लागि दौडधुप गरिरहेका छन्।

सोहि योजनाअनुसार शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलमार्फत् च्यानल मिलाएको स्रोतले जनाएको छ। शर्मा गभर्नर पौडेल निकट छन्। केहि समय अघि शर्मा र गभर्नर पौडेल एकै कलेजमा अध्यापन गर्ने गर्थे। त्यसबेलादेखि उनीहरु सँगै छन्। प्रभु बैंकका सीइओ बन्नका लागि शर्माले बैंक संचालक समितिका अध्यक्ष किशोर जंग कार्कीलाई बाहिरै भेटी प्रस्तावसहितको कार्ययोजना समेत सुनाईसकेका छन्। तर, हालै सम्पन्न बैंकको २४ औँ साधारण सभामा शर्मालाई सीइओका रुपमा नल्याउनका लागि अधिकांस लगानीकर्ताले खबरदारी गरेपछि हाल उक्त बिषय रोकिएको छ। सभामा लगानीकर्ताले बैंकभित्रैबाट नेतृत्व खोज्न सुझाव दिएका थिए।

प्रभु मेनेजमेन्टका सम्बन्धमा गरिएको अनुसन्धानमा बैंकका सीइओ अशोक शेरचन लगायतका केहि कर्मचारीमाथि समेत सीआईबीले अनुसन्धान गरेपछि सीईओलाई बोर्डले तत्काल निलम्बन गर्यो जबकी नियमअनुसार २४ घन्टासम्म निलम्बन गर्न नपाईने नियम छ। सीइओलाई तत्काल निलम्बन गर्ने कार्यमा राष्ट्र बैंकका गभर्नर पौडेल नै सक्रिय रहेको संचलक समितिका एक सदस्य बताउँछन्। तर, अर्का संचालकका अनुसार सिईओ शेरचन प्रहरी हिरासतमा कति समय रहने भन्ने अन्यौलता रहेका बेला गभर्नरले संचालकहरु लाई बोलाएर सिईओ नियुक्त गर्न भनेका थिए। यही व्यक्ति नै नियुक्ति गर्नु भन्ने निर्देशनका सम्बन्धमा भने आफूलाई जानकारी नभएको उनी बताउँछ्न्। सीआईबीले गरेको अनुसन्धान सकेर सीईओ शेरचन फर्किसकेका छन्। तर, बैंक संचालक समितिले उनको निलम्बन फुकुवा समेत नगरी बाहिरबाट शर्मालाई ल्याउने तयारी गरेको बुझिएको छ। यहि कारण बैंक संचालक समिति २ कित्तामा विभाजन भएको छ। संचालक मध्य अधिकांस सिईओ शेरचनको निलम्बन फुकुवा गरि काम गर्न दिनुपर्छ भन्नेमा छन्।

यसअघि बैंकका सिनियर डेपुटीमाथी पनि यहि घटना भएको र उनी फर्किएर काममा फर्किएको उनीहरुको भनाइ छ। यता बैंकमा हाल रहेको व्यवस्थापन टीम पनि भित्रबाटै निकास खोज्न भनिरहेका छन्। उनीहरुले शर्मा सीइओ बनेर आए भने सामुहिक राजिनामा दिने बोर्डलाई बताउँदै आएका छन्। बैंक स्रोतका अनसार शर्मालाई सीइओ बनाउन अध्यक्ष कार्की आँफै लागेका छन्। राष्ट्र बैंकका गभर्नरले नै बाहिरबाट नयाँ सीइओ ल्याउनु भन्नु भएको छ भन्दै उनी बैंकका अन्य संचालकलाई कन्भिन्स गरिरहेका छन्। तर, राष्ट्र बैंकले भने कुनै पनि वाणिज्य बैंकको सीइओ नियुक्तिमा राष्ट्र बैंकको चासो नहुने दावी गरेको छ। उनको यस काममा बैंकका स्वतन्त्र संचालक रमेशराज अर्यालले साथ् दिएका छन्। अर्यालका तर्फबाट एक जना डेपुटी सीइओ बनाइदिने सर्तमा उनले शर्मालाई सीइओ बनाउन जोड गरिरहेको स्रोतले जनाएको छ। सुमन शर्मालाई प्रभु बैंकको सीइओ बनाउन गभर्नरले देखाएको चासोसँगै बैंकका बहालवाल सीइओको हातमा हत्कडी लाग्दा समेत चुइक्क नबोल्ने नियामकको नेतृत्वमाथि विभिन्न संका उपशंका पैदा भएको छ। यसबाट सीइओ शेरचन उनी पनि गभर्नरका प्रत्यासी थिए। गभर्नरले शेरचनलाई आफ्नो प्रतिष्पर्धीका रुपमा लिएका त हैनन् भन्ने प्रश्न उब्जेको छ ।

शर्मामाथि माछापुच्छ्रे बैंकमा काम गर्दा सोहि बैंककी एक महिलामाथि दुर्व्यवहार गरेको आरोप छ। सोही कारण उनी बैंकबाट निकालिएका थिए। केहि समयपछि सनराइज बैंक गएका शर्माको नेतृत्व बैंक खराब कर्जाको दलदलमा फस्यो। त्यहा पनि कर्मचारी र बोर्डसँग टसल नमिल्दा उनलाई २ वर्षमै निकाल्ने तयारी गरिएको भए पनि लक्ष्मी बैंकसँग मर्ज भएपछि अन्ततः उनी बैंकबाट बाहिरिए।

प्रकाशित : माघ १४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA