रास्वपाका नेता स्वर्णिम वाग्लेको धर्म परिवर्तनले तातियो समाजिक सँजाल : JCNEPALMEDIA

माघ २२,२०८२ / जेसी नेपाल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले को अंग्रेजी विकिपिडिया पृष्ठमा हालै गरिएको हेरफेरले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

विशेषगरी निर्वाचनको माहोल तातिरहेको बेला उनको धर्मलगायत व्यक्तिगत विवरणमा गरिएको परिवर्तनलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक बहस तीव्र बनेको हो। विकिपिडियाको संस्करण इतिहास (इडिट हिस्टाेरी) अनुसार डा. वाग्लेको पृष्ठमा केही समयअघि धर्मसम्बन्धी विवरण तथा अन्य असत्यापित सूचनाहरू थपिएको देखिन्छ। ती विवरणहरू विश्वसनीय स्रोतबिनै समावेश गरिएको भन्दै पछि पुनः हटाइएको छ।

विकिपिडियाका स्वयंसेवक सम्पादकहरूले यसलाई व्यान्डालिज्म (जानाजानी भ्रामक सम्पादन) को आशंकामा सुधार गरेका छन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका स्क्रिनसट र दाबीहरू फैलिन थालेपछि राजनीतिक रंग झनै गाढा भएको देखिन्छ। कतिपय प्रयोगकर्ताहरूले डा. वाग्लेलाई धार्मिक कोणबाट जोडेर आलोचना गर्न खोजेका छन् भने उनका समर्थकहरूले यसलाई निर्वाचन प्रभावित गर्ने उद्देश्यले गरिएको सुनियोजित डिजिटल आक्रमण भएको आरोप लगाएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यो घटना निर्वाचन नजिकिँदै गर्दा नेताहरूको डिजिटल पहिचानमाथि हुने हस्तक्षेपको उदाहरण हो। “विकिपिडिया जस्तो खुला प्लेटफर्ममा जो–कोहीले सम्पादन गर्न सक्ने भएकाले यस्तो भ्रामक सामग्री चुनावी हतियारका रूपमा प्रयोग हुने खतरा बढेको छ,” एक विश्लेषकले बताए।

डा. वाग्ले यसअघि नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट तनहुँ–१ को उपनिर्वाचन जितेर संसद् प्रवेश गरेका नेता हुन्। अर्थशास्त्रीका रूपमा अन्तर्राष्ट्रिय छवि बनाएका उनी पछिल्लो समय वैकल्पिक राजनीतिका एक प्रमुख अनुहार मानिन्छन्। यही कारण निर्वाचनको समयमा उनको छवि कमजोर पार्न अनलाइन माध्यम प्रयोग गरिएको हुन सक्ने चर्चा राजनीतिक वृत्तमा छ।

यो घटनाले फेरि एकपटक डिजिटल सूचनाको विश्वसनीयता, तथ्य जाँच (फास्ट चेकिङ्ह्ग ) र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित : माघ २२,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA