नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्दै बङ्गलादेश

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले यो विषय जानकारी गराएका हुन ।सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ । 
त्यस अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता–जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका साथै असल छिमेकीको सम्बन्ध रहेको बताए ।प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएका थिए ।बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे । 
राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बङ्गलादेशमा रहेको नेपाली राजदूतावासले मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA