मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ समापन तथा प्रमाणपत्र बितरण समारोह

फाल्गुन०१,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर धाम : मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ समापन तथा प्रमाणपत्र बितरण समारोह कार्यक्रम सम्पन्न भएका छन ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको सन्युक्त आयोजन तथा राजर्षी जनक बिश्व बिद्यालय , मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा २०८२/१०/२५ देखि २९ गते सम्म जनकपुरधामस्थित मैथिली विकास कोषको मैथिली भवनमा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ ’ सम्पन्न भएको छ ।राजर्षीजनक बिश्वबिद्यालयका उपकुलपति प्रा डा अमर प्रसाद यादवज्यु को प्रमुख आतिथ्यमा भएको समापन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह जि को विशेष आतिथ्य रहेको थियो ।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षी जनक बिश्व बिद्यालय अध्यन अनुसन्धानका निर्देशक आर के साह , मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी , साहित्यकार रमेश रन्जन झा , साहित्यकार रोशन जनकपुरीको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन कोषका सदस्य सचिब श्यामसुन्दर सशिले गर्नु भएको थियो । कार्यक्रममा मैथिली विकास कोषका सदस्य नित्यानन्द मण्डल ,नवीन मिश्र , रुबि पाठक लगायत प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनीमासहभागी कलाकारहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।

प्रकाशित : फालणगुन०१,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA