धनुषाकाे कार्यसम्पादन मूल्याङ्कनमा \'जनकपुर उपमहानगरपालिका\' पहिला : JCNEPALMEDIA

फाल्गुन०४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका पहिलो स्थानमा परेको छ।

आयोगका अनुसार जनकपुरधामले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अग्रस्थान हासिल गरेको हो। गाउँपालिकातर्फ लक्ष्मीनियाँ गाउँपालिका ४९.२ अंकसहित दोस्रो स्थानमा रहँदा बटेश्वर गाउँपालिकाले ४७.८८ अंक प्राप्त गरेको छ। नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिका ४७.९० अंकसहित उत्कृष्ट देखिएको छ। त्यसैगरी विदेह नगरपालिका ४६.२७, शहीदनगर ४२.२५, क्षिरेश्वरनाथ ३९.८५, धनुषाधाम ३९.२२, कमला नगरपालिका ३८.७४, मिथिला बिहारी ३८.१५, मिथिला नगरपालिका ३७.४५, हंसपुर ३५.७६, नगराइन ३५ तथा सबैला नगरपालिका ३४ अंकसहित क्रमशः रहेका छन्।

गाउँपालिकातर्फ जनकनन्दिनी गाउँपालिकाले ४५.९३, मुखियापट्टी मुसहरनिया ४५ तथा औरही गाउँपालिकाले ४०.३४ अंक प्राप्त गरेका छन्। धनौजी गाउँपालिका भने ३२.८१ अंकसहित जिल्लाकै कमजोर कार्यसम्पादन गर्ने स्थानीय तह बनेको छ। आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयनलगायत विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित : फाल्गुन ०४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA