बालेनमाथि कीर्ते आरोप लगाएर साह थरलाई ‘शाह’ बनाएको भन्दै जाहेरी : JCNEPALMEDIA

फाल्गुन ०६,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने अहिले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा खेपिरहेका छन् । उनीमाथि यसअघि दोहोरो नागरिकता र राहदानीको मुद्दा लागेको थियो । अहिले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनमाथि कीर्ते गरेको आरोप लागेको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेनविरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको छ। उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ। जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन्। जाहेरीमा बालेनले आफ्नो पुर्ख्यौली मधेशी पहिचान लुकाएर उच्च जातीय लाभ लिने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात किर्ते गरेको आरोप लगाएका छन्। बालेनले बुबा र दाइको पुरानो नागरिकता, अनि बसाईं–सराई गर्दाको कागजात र पछि लिएको नागरिकताको प्रतिलिपीमा थरमा परिवर्तन गरेको जाहेरीमा उल्लेख छ।

दस्तावेजहरूका अनुसार, बालेनले सुरुमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट २०६३ पुस ६ गते नागरिकता प्रमाणपत्र नम्बर ६१९२ को नागरिकता लिएका थिए। तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा बहाल भएपछि उनले २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको पहिलो प्रतिलिपि लिको उल्लेख छ।

सोही प्रतिलिपि लिने क्रममा बालेनले आफ्नो र आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई अनधिकृत रूपमा परिवर्तन गरी ‘शाह’ कायम गराएको जाहेरीमा उल्लेख छ। सरकारी कागज सच्याउन नमिल्ने प्रावधान छ । सोही कारण उनीमाथि पनि कीर्ते मुद्दा चल्न सक्ने बताइएको छ ।

प्रकाशित : फाल्गुन ०६,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA