सराेज राय द्वारा बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग :JCNEPAL MEDIA

फाल्गुन २४,२०८२ / जेसी नेपाल संवाददाता

सर्लाही : बरहथवा नगर अस्पतालको स्वास्थ्य सेवा सुदृढ बनाउन सामाजिक अभियन्ता सरोज रायले अस्पताललाई १० थान अक्सिजन सिलिन्डर र ५ थान नेबुलाइजर सहयोग गरेका छन्। आज आयोजित एक कार्यक्रममा उक्त सामग्री बरहथवा नगरपालिकाकी मेयर तथा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष कल्पना कटुवाललाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य गौरव गुरुङ, अस्पतालका निर्देशक तथा चिकित्सकहरू, वडा नं. १२ का वडा अध्यक्ष रामजी यादव, स्थानीय समाजसेवी राजन, मनोज राय, संजीव यादव, जयप्रकाश महतो लगायतको उपस्थिति रहेको थियो। सामाजिक अभियन्ता सरोज रायले स्वास्थ्य सेवामा आवश्यक उपकरण उपलब्ध गराउन सानो सहयोग स्वरूप उक्त सामग्री प्रदान गरिएको बताउँदै स्थानीय अस्पतालको सेवा प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

नगर अस्पतालमा अक्सिजन सिलिन्डर र नेबुलाइजर उपलब्ध भएपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूको उपचारमा थप सहजता हुने अस्पताल प्रशासनले जनाएको छ। कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा गरिएको यस सहयोगको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यहरूले समुदायलाई सकारात्मक सन्देश दिने बताएका छन्।

प्रकाशित : फाल्गुन २४,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA