धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA

फाल्गुन २६,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा : बिहेको मटकोरमा नाच्दै गरेका एक युवकको ट्रयाक्टरमा किचिएर ज्यान गएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझस्थित सो घटना भएको हो । गएराती नक्टाझिझको सुग्जोर पुलस्थित बिहेको मटकोरमा डान्स गरिरहेका धनुषा मिथिलाबिहारी नगरपालिका वडा नं. ६ तारापट्टि सिरसिरया बस्ने बर्ष १९ का मनिष राउतको ज्यान गएको हो ।

मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । डिजेमा नाचगान गर्दै गर्दा राउत लडेको प्रत्यदर्शीहरुले बताएका थिए ।

यता ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : फाल्गुन २६,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA