धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA

फाल्गुन २६,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा : बिहेको मटकोरमा नाच्दै गरेका एक युवकको ट्रयाक्टरमा किचिएर ज्यान गएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझस्थित सो घटना भएको हो । गएराती नक्टाझिझको सुग्जोर पुलस्थित बिहेको मटकोरमा डान्स गरिरहेका धनुषा मिथिलाबिहारी नगरपालिका वडा नं. ६ तारापट्टि सिरसिरया बस्ने बर्ष १९ का मनिष राउतको ज्यान गएको हो ।

मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । डिजेमा नाचगान गर्दै गर्दा राउत लडेको प्रत्यदर्शीहरुले बताएका थिए ।

यता ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : फाल्गुन २६,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA