सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

फाल्गुन २६,२०८२ / जेसी नेपाल संवाददाता

सिरहा : सिरहामा नेपाली सेनाका जवानले चलाएको मोटरसाईकबाट ठक्कर दिँदा एक पुरुष गम्भिर घाईते भएका छन् ।

सिरहाको सदरमुकाबाट चोहर्बातर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प २४६३ नम्बरको मोटरसाईकले सिरहाको बिष्णपुर गाउँपालिका वडा नं. १ दुर्गा मन्दिरस्थित ठक्कर दिएको प्रत्यदर्शीहरुले जनाएको छ । तीव्र गतिमा चलाएको मोटरसाईकल चिया खाएर पसलबाट निस्केका अन्दाजी बर्ष ५५ का गोबर्धन मण्डललाई ठक्कर दिएर उडाएको प्रत्यदर्शीहरुले जनाएका छन् ।

सिरहाबाट चोहर्बा तर्फ जाँदै गरेको मोटरसाईलले ठक्कर दिएपछि करिब ३ मिटर माथिसम्म उडाएको बताइएको छ । मण्डलको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । उनको अवस्था नाजुक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मोटरसाईकल चलाउने सिरहास्थित नेपाली सेनाका दुई जवान रहेको बताईएको छ ।

प्रहरीका अनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४ बस्ने धीरेन्द्र राय र अर्धखाँचीको शिवगँगा नपा ८ बस्ने तेजबहादुर धर्तीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई समेत चोटपटक लागेको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA