आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA

चैत १४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको डिपो प्रमुख रँजीत कापडीले पेट्रोल पम्पका सँचालकसँग साठगाँठ गरी आयल निगमलाई घाटा पार्न थालेका छन् ।

पेट्रोल पम्पका सँचालकहरुसँग अतिरिक्त रकम लिएर औसतभन्दा अधिक पेट्रोलियम दिने गरेको खुलेको छ । मध्यपूर्वी देशहरुमा चलेको युद्द र तनावको कारण पेट्रोलियमको आपूर्ति असहज बन्दै जाँदा भाउ बढने भएपछि प्रमुख कापडीले पम्पका सँचालकहरुसँग घुस (अतिरिक्त रकम) लिएर मापदण्ड र तोकिएको औसतभन्दा अधिक पेट्रोलिम दिन थालेको प्रमाण न्यूज ब्यूरोले फेला पारेको हो । महेन्द्रनगर डीपोबाट दैनिक रुपमा डेलिभर हुने बढीमा १५ टयान्कर रहेकोमा अहिले प्रमुख कापडीले भाउ बढने देखेपछि निगमलाई घाटा भएपनि उनले औसतभन्दा अधिक पेटेलियम दिन थालेको हो ।

आयल निगमले प्रत्येक १५ वा ३० तारिखमा पेट्रोलियमको नयाँ भाउ निर्धारण गर्दै आएकोमा अहिले द्धन्द्धको कारण भाउ बढदै जाने भएपछि डिपो प्रमुख कापडीले निगमलाई घाटा हुने गरी अनियमितता गरिरहेको पाईएको छ । दैनिक रुपमा माग हुने पेट्रोल पम्पहरुमा पहिलेको अवस्था र वर्तमान अवस्थामा आकाश पातालको फरक देखिएको छ । पहिले ४००० लिटरसम्म माग भएका पेट्रोल पम्पले अहिले दैनिक ४० हजार लिटरसम्म देखाउने गरेको छ । उनीहरु पेट्रोलियम स्टोर गरी भाउ बढेपछि विक्री गर्ने योजना बनाए बमोजिम प्रमुखले समेत उनीहरुसँग अतिरिक्त रकम लिएर पेट्रोलिय सप्लाई गर्ने गरेको छ । अतिरिक्त रकम नदिने पेट्रोल पम्पका सँचालकलाई दैनिक ३ देखि ६ हजार लिटरसम्म मात्रै दिने गरेको बुझिएको छ । रकम दिने पेट्रोल पम्पहरुलाई भने ५० हजार लिटरसम्म दैनिक दिने गरेको पाईएको हो ।

भाउ बढने भएपछि सस्तोमा लिएर महँगो बेच्ने योजनामा डिपो प्रमुख रँजीत कापडीले साथ दिँदै आएका हुन् । नाम नखोल्ने शर्तमा एक पेट्रोल पम्पका सँचालकले भने, –“सरकारले अहिले १८५ रुपैयाँ तोकेको छ, मानौ ३० तारिखमा फेरी दाम बढायो भने त १८५ मै किनेर २०० मा बेच्न पाईयो नी ? यसले निगमलाई घाटा र पेट्रोल पम्प सँचालकलाई अधिक भन्दा अधिक फाईदा पुग्छ ।” निगमले दैनिक ४००० देखि ६००० औसत माग (एक पेट्रोल पम्प) मा प्रमुख कापडीले औसतभन्दा ९ गुणासम्म अधिक पेट्रोलिम दिन थालेको हो । खाना पकाउने ग्याँसमा समेत आधा सिलिण्डर लागु गरेको निगमले पेट्रोलियम कालोबजारीलाई नियन्त्रण गर्न सकेको छैनन् । यता, डिपो प्रमुख कापडीले भने उपभोक्ताको माग बमोजिम पेट्रोल पम्पलाई दिने गरेको दाबी गरे । उनले पम्पले खपत देखाएपछि सोही अनुसार पेट्रोलियम दिने गरेको दाबी गरे ।

उनले अतिरिक्त रकम लिएर मिलोमत्तो गरी औसतभन्दा अधिक पेट्रोलिम दिएको आरोपलाई खण्डन गरे । एक साताअघिसम्म मात्र ४००० लिटरसम्म माग गर्ने पेट्रोल पम्पहरुले अहिले २० हजार लिटरसम्म पेट्रोलिम लिने गरेको पाईएको छ । विभिन्न दलका नेताहरुले सँचालन गरेको पेट्रोल पम्पमा अनियमित तवरले पेट्रोलियम जाने गरेको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए । यसअघि दैनिक ४००० लिटरसम्म खपत गर्ने पेट्रोल पम्पले अहिले दैनिक ४० हजार लिटरसम्म खपत हुने गरेको भन्दै झुठा विवरण पेश गरी पेट्रोलियम स्टोक गर्न थालेको हो । स्टोक गर्न थालेपछि निगमलाई घाटा नै घाटा हुने गरेको छ ।

प्रकाशित : चैत १४,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक : JCNEPAL MEDIA

रेडक्रस सोसाइटी,धनुषा शाखाद्वारा सदस्यता वितरणमा भेदभाव गरेको आरोप : JCNEPAL MEDIA

मधेशमा डीआईजी घुमुवाकै सेटिङमा नाकाबाट व्यापक तस्करी, महिना ताेकेरै असुलीको आरोप : JCNEPAL MEDIA

सुरक्षा निकायकै मिलेमत्तोमा भद्रपुरबाट संगठित तस्करी : JCNEPAL MEDIA

मकवानपुरमा ठूलो मात्रामा गाँजा बरामद ,१७१ किलोसहित २० वर्षीय चालक पक्राउ : JCNEPAL MEDIA

हावाहुरीसहितको भीषणवर्षाले खत्री ठाँटी बजार क्षेत्रमा ठूलो क्षति : JCNEPAL MEDIA