जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

चैत १७,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधामस्थित सँचालनमा रहेको एक डान्स बारमा कार्यरत युवतिलाई जबरदस्ती यौन धन्दामा लगाउन खोज्दा दुई जना पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया प्रहरीचौकीको अगाडीमै रहेको ब्लैक एण्ड ह्वाईट डान्सबारमा कार्यरत एक युवतिलाई जबरदस्ती यौन धन्दा गर्न धम्काएको तथा नमानेपछि बेल्ट र पाइपले निर्घात कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सो डान्स बारमा कार्यरत युवतीहरूमाथि भएको अमानवीय व्यवहारले पुनः श्रम शोषण र मानव बेचबिखनजस्ता गम्भीर अपराधतर्फ ध्यान केन्द्रित गराएको छ। आर्थिक अभावका कारण रोजगारीको खोजीमा पुगेका युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दा उनीहरूमाथि सामूहिक कुटपिट गरिएको घटना सार्वजनिक भएको हो।

मुजेलिया प्रहरीचौकीको करिब १०० मिटरकै दुरीमा ६ लेन सडकको पश्चिमपट्टि सँचालनमा रहेको “ब्ल्याक एण्ड ह्वाइट डान्स बार” मा युवतिमाथि अमानवीय व्यवहार भएको घटना बाहिरिउको हो । सो डान्सबारमा स्टाफको रुपमा कार्यरत ४ युवतिलाई डान्सबारमा जाने ग्राहकसँग यौन क्रियाकलाप गर्न बल गरेको युवतिहरुले दिएको उजुरीमा उल्लेख छ । घटनामा परेका चार जना युवतीहरू घाइते भएका छन् र उनीहरूले आफूहरूलाई योजनाबद्ध रूपमा शारीरिक तथा मानसिक यातना दिइएको गुनासो गरेका छन्। पीडितका अनुसार, उनीहरूलाई सुरुमा वेट्रेसको कामको प्रलोभन देखाएर भर्ना गरिएको थियो। तर, केही समयपछि व्यवस्थापन पक्षले ग्राहकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको उनीहरूको भनाइ छ। चैत ३ गते सोही विषयमा विवाद चर्किएपछि युवतीहरूले ‘इज्जत बेच्न नसकिने’ भन्दै अस्वीकार गरे। त्यसलगत्तै उनीहरूलाई एउटा बन्द कोठामा थुनेर लात्ती, मुक्का र पाइपले निर्घात कुटपिट गरिएको आरोप छ।

घटनापछि पीडितहरूलाई बाहिर निस्कन नदिइ मोबाइलसमेत खोसिएको थियो। “काम गर्न आएको ठाउँमा हामीलाई यौन दासीझैँ व्यवहार गरियो,” एक पीडित युवतीले पीडा पोखिन्। उनीहरूले डान्स बारभित्रै ग्राहकसँग रकम असुल गरी यौन धन्दा सञ्चालन हुने गरेको र आफूहरूलाई धम्की, करकाप र शोषणमा राखिएको दाबी गरेका छन्। यसबाहेक, काम गरेबापत पाउनुपर्ने पारिश्रमिक र टिप्ससमेत नदिइएको भन्दै उनीहरूले कानुनी कारबाहीसँगै बक्यौता रकम दिलाइदिन माग गरेका छन्। पीडितहरूको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले बारसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बारमा कार्यरत कर्मचारीमा काशिन्द्र महतो र सँजय यादबमाथि मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी मुद्दा दर्ता गरिएको छ र अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। प्रहरीका अनुसार पीडित युवतीहरूलाई सुरक्षित स्थानमा राखेर उपचार तथा कानुनी सहयोग उपलब्ध गराइँदैछ। स्थानीयवासीका अनुसार मुजेलिया क्षेत्रका केही डान्स बारहरूमा युवतीहरूलाई आकर्षक तलबको लोभ देखाएर ल्याउने र पछि दबाब तथा धम्कीमार्फत यौनकार्यमा धकेल्ने प्रवृत्ति बढ्दै गएको छ।

यस घटनाले यस्तो अवैध गिरोहको सक्रियता उजागर गरेको छ। कानुनी रूपमा हेर्दा, मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता अपराधमा संलग्न व्यक्तिलाई कडा सजायको व्यवस्था गरेको छ। दोषी प्रमाणित भएमा १० देखि २० वर्षसम्म कैद र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। यसले मानव मर्यादा र श्रम अधिकारको संरक्षणलाई राज्यले कत्तिको गम्भीरतापूर्वक लिएको छ भन्ने स्पष्ट पार्छ। राति रंगिन हुने ब्लयाक एण्ड ह्वाइट डान्सबार दरबारको द्वार दिउँसो बन्द र सुनसान देखिन्छ। अवेर रातिसम्म डान्सबार बाहिर बिहारी नम्बर प्लेट भएका गाडीहरू देख्न सकिन्छ ।

तर नजिकै रहेको प्रहरी भने मुकदर्शक बनेर बसेको कारण पनि यस्तो घटना निम्तिएको हो ।

प्रकाशित : चैत १७,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक : JCNEPAL MEDIA

रेडक्रस सोसाइटी,धनुषा शाखाद्वारा सदस्यता वितरणमा भेदभाव गरेको आरोप : JCNEPAL MEDIA

मधेशमा डीआईजी घुमुवाकै सेटिङमा नाकाबाट व्यापक तस्करी, महिना ताेकेरै असुलीको आरोप : JCNEPAL MEDIA

सुरक्षा निकायकै मिलेमत्तोमा भद्रपुरबाट संगठित तस्करी : JCNEPAL MEDIA

मकवानपुरमा ठूलो मात्रामा गाँजा बरामद ,१७१ किलोसहित २० वर्षीय चालक पक्राउ : JCNEPAL MEDIA