दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

चैत २०,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : दलको नेताको अनुपस्थितिमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसेको छ।

रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह हुन्। तर बालेनको अनुपस्थितिमा नै रास्वपाका सांसद एवं सभापति रवि लामिछानेले सिंहदरबारस्थित दलको कार्यालयमा बैठक राखेका हुन्। बैठकले प्रतिनिधिसभाको सभामुखका लागि डिपी अर्यालको उम्मेदवारी दिने निर्णय समेत गरेको छ। सामान्यतयाः संसदीय परम्परामा दलको बैठक नेताले बोलाउने प्रचलन हुन्छ।

तर प्रधानमन्त्री बालेन बैठकमा सहभागी भएनन्। महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकाले सहमतिमा नै सभापति रविले बैठक राखेको बताए। सांसदहरूबाट संयुक्त निर्णय गर्न उपयुक्त देखेर सभापतिले बैठक राख्नुभएको हो', बुर्लाकोटीले सेतोपाटीसँग भने, 'दलको नेता एवं प्रधानमन्त्री अर्को बैठकमा व्यस्त हुनुहुन्थ्यो।

त्यसैले सहमतिमै उहाँले सभापतिले बैठक राख्नुभएको हो।' रास्वपाका उपसभापति समेत रहेका डिपी अर्यालले शुक्रबार सभामुखमा उम्मेदवारी दिँदैछन्। डिपी यसअघि सरकारमा गृहमन्त्रीको आकांक्षी थिए। तर प्रधानमन्त्री बालेनले सुधन गुरूङलाई गृहमन्त्री बनाएका छन्।

प्रकाशित : चैत २०,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA