धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

चैत ३०,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झट दिने, विभिन्न कानुनी समस्या देखाउँदै रकम असुल गर्ने र दुःख दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन्।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको संलग्नता नियन्त्रण गर्न कडाइ गर्ने बताएको छ।

प्रकाशित : चैत ३०,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA