मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

बैशाख ०४ ,२०८३ / जेसी नेपाल संवाददाता

मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सीमानाकामा लाग्दै आएको सवारी कर तत्काल हटाईदिन माग गरेका छन् । विहिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफलको क्रममा मुख्यमन्त्री यादवले भारतबाट आउने सवारी कर हटाईदिन आग्रह गरे ।

सोही क्रममा यादवले प्रदेश प्रहरी ऐन, प्रदेशको आफ्नो प्रशासन र शिक्षा, स्वास्थ्य, कृषि, सिचाइँ क्षेत्रमा रहेको समस्या समाधान गर्नतर्फ प्रधानमन्त्रीसंग आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार प्रधानमन्त्री साह र प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको छलफलको क्रममा मलखाद व्यवस्थापनदेखि सीमावर्ती क्षेत्रमा सवारीसाधनसंग लिने गरेको एक सय रुपैयाँ शुल्क तत्काल हटाउन माग गरेको मुख्यमन्त्री यादवले स्पष्ट पारे । सो छलफलका क्रममा पछिल्लो पटक सीमावर्ती क्षेत्रमा सर्वसधारणलाई देखिएको समस्याबारे समेत कुरा उठेको थियो ।

उनले जनाए अनुसार अनुसार प्रधानमन्त्री साहले तस्करले प्रयोग गर्ने गरेको सवारीसाधन सीमापारीबाट आउने गरेकाले सोको नियन्त्रणका लागि एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको बताए । तर मुख्यमन्त्री यादवले भने असन्तुष्टि पोख्दै यसले आमजनमानसमा संघीय सरकारप्रति असन्तोष बढ्दै गएकोले अव्यवहारिक रुपमा लगाइएको सवारी शुल्क तत्काल खारेज गर्न माग गरे । स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने र प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक तथा आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको मधेश प्रदेशका मुख्यमन्त्री यादवले बताए । उनले प्रदेश सरकारलाई संघीय सरकारबाट आउने गरेको अनुदान वापतको रकममा वृद्धि गर्न माग गरे ।

उनले प्रदेश स्थापनाकालमा दिँदै आएको रकमभन्दा वृद्धि गर्दै जनसंख्याको आधारमा अनुदान दिनुपर्ने माग गरे । उनले मधेश प्रदेशमा सिचाइँको व्यवस्था नहुदाँ आकाशे पानीकै भरमा किसानले खेती गर्दा सास्ती भोग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सुनकोशी– मरिन डाइभर्सन र कमला– कोशी डाइभर्सन सिचाइँको व्यवस्थापनलाई तीव्रता दिनका लागि प्रधानमन्त्री साहसंग माग गरेको बताए । किसानका लागि अहिले मलखादको आवश्यकता रहेकाले तत्काल यसतर्फ संघीय सरकारले ध्यान दिनुपर्ने माग उनले गरे । तीन तहको सरकारको समन्वय, सहकार्य, सहजीकरण र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री साहसंग छलफल भएको उनको भनाइ छ ।

प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरूको निर्माण कार्यमा समस्या देखिएकोलगायत विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।

प्रकाशित : बैशाख ०४,२०८३      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA

हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

कसमिरमा सेनाले गाेलि चलायाे ,४६ जनाकाे मृत्यु : JCNEPALMEDIA

चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA