कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भदौ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं– कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू–भागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित : भदौ ३०, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

धनुषामा एक १० बर्षिय बालिका बलात्कृत, २२ बर्षिय युवक फरार : JCNEPALMEDIA

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण : JCNEPALMEDIA

सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA