QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

बैशाख ०६ ,२०८३ / जेसी नेपाल संवाददाता

प्राेग्रेसीभ नेपालका अध्यक्ष सुन्देशवर यादवले QR Code अधारित विद्यार्थी , शिक्षक तथा SMS व्यवस्थापन प्रणाली कार्यव्यन सम्बन्धि प्रस्ताव प्रधानमन्त्री वालेन समक्ष बुझाएमा छन ।

अध्यक्षले बुझाएको पत्र यस प्रकार रहेको छ :

सम्मानीय प्रधानमन्त्रीज्यू

नेपाल सरकार सिंहदरबार, काठमाडौं

विषय: QR Code आधारित विद्यार्थी तथा शिक्षक उपस्थिती (Attendance) तथा SMS व्यवस्थापन प्रणाली कार्यान्वयन सम्बन्धी प्रस्ताव पेश गर्ने बारे ।

सम्मानीय प्रधानमन्त्रीज्यू, सविनय निवेदन गर्दछु कि हामीले नेपालको विद्यालय तथा शैक्षिक संस्थाहरुको व्यवस्थापन प्रणालीलाई आधुनिक, पारदर्शी तथा प्रभावकारी बनाउन उद्देश्यका साथ "QR Code आधारित विद्यार्थी तथा शिक्षक उपस्थिती (Attendance) प्रणाली" विकास गरेका छौं। उक्त प्रणालीले वि‌द्यालयहरूमा दैनिक उपस्थिती व्यवस्थापनलाई डिजिटल बनाउने, समयको बचत गर्ने तथा अभिभावक र विद्यालयबीचको समन्वयलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।

प्रस्तावित प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार रहेका छन्ः

१. QR Code आधारित उपस्थिती प्रणालीः प्रत्येक विद्यार्थी तथा शिक्षकलाई व्यक्तिगत QR Code प्रदान गरिने QR Scan मार्फत सजिलै Time In / Time Out दर्ता Real-time उपस्थिती इयाकिङ तथा डिजिटल रिपोर्ट . नक्कली (Fake) उपस्थिती नियन्त्रण तथा पारदर्शिता वृद्धि

२. SMS Management प्रणालीः विद्यार्थी वि‌द्यालय आएको/नआएको जानकारी अभिभावकलाई तुरुन्त SMS मार्फत पठाउने ढिला आएको वा चाँडै गएको जानकारी पनि SMS द्वारा सूचना विद्यालयका महत्वपूर्ण सूचना, परीक्षा तालिका तथा सूचना SMS मार्फत पठाउने सुविधा

३. व्यवस्थापन तथा रिपोर्टिङ प्रणालीः वि‌द्यालय प्रशासनका लागि Dashboard प्रणाली दैनिक, साप्ताहिक तथा मासिक उपस्थिती रिपोर्ट सजिलो Data Export तथा विश्लेषण सुविधा हामी यस प्रणालीलाई प्रारम्भिक रूपमा केही विद्यालयहरुमा पायलट परियोजना (Pilot Project) का रूपमा सञ्चालन गर्न इच्छुक छौं।

पायलट परियोजनाबाट प्राप्त नतिजाको आधारमा यसलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको छ। यस प्रणालीको कार्यान्वयनबाट विद्यालय व्यवस्थापनमा सुधार, अभिभावक वि‌द्यालय समन्वयमा वृद्धि तथा शिक्षा क्षेत्रमा डिजिटल रुपान्तरणलाई सहयोग पुग्ने विश्वास लिएका छौं।

अतः यस प्रस्तावलाई सकारात्मक रूपमा विचार गरी आवश्यक मार्गदर्शन, सहकार्य तथा कार्यान्वयनका लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

भवदीय, प्रोग्रेसिभ नेपाल जनकपुर अध्यक्ष सुन्देशर यादव (9807894711) 9851223947

 प्रकाशित : बैशाख ०६,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA